वर्तमान राजनीतिक परिस्थिति पुराना दलहरूका लागि संकट मात्र होइन, अवसर पनि हो : महासचिव पोखरेल
काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान राजनीतिक परिस्थिति पुराना दलहरूका लागि संकट मात्र नभएर आफूलाई पुनर्जीवित गर्ने अवसर पनि भएको बताएका छन् । सामाजिक सञ्जालमार्फत उनले लेखेका छन्– ‘पपुलिजम र सामाजिक सञ्जालको अल्गोरिदमका भरमा लहर सिर्जना गरेर सत्तामा पुग्नु एउटा कुरा हो, तर सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ।’ उनी थप लेख्छन्– ‘वर्तमान राजनीतिक परिस्थिति पुराना दलहरूका लागि संकट मात्र होइन, आफूलाई पुनर्जीवित गर्ने एउटा अवसर पनि हो।
