SHARE
मकालु खबर · शनिबार २० असार २०८३ ०४:३१ AM · 1 मिनेट पढाइ

छिमेकीको समृद्धिबाट नेपालले लाभ लिनुपर्छ : महामन्त्री आचार्य

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिन आचार्यले छिमेकी राष्ट्र चीनको विकास र समृद्धि नेपालका लागि अवसर भएको बताएका छन् । ‘चिनियाँ कम्युनिष्ट पार्टीको १०५ वर्षः ऐतिहासिक अनुभव र नेपालको विकास’ विषयक विचार गोष्ठीमा बोल्दै उनले यस्तो बताएका हुन् ।