SHARE
मकालु खबर · शनिबार २० असार २०८३ ०४:५६ AM · 1 मिनेट पढाइ

भौतिक र डिजिटल कनेक्टिभिटी नेपालको विकासको प्राथमिकताः रघुवीर महासेठ

काठमाडौं । नेकपा (एमाले) का उपमहासचिव रघुवीर महासेठले नेपालको समुन्नति र विकासका लागि भौतिक तथा डिजिटल कनेक्टिभिटी, कृषिको आधुनिकीकरण र औद्योगिक विस्तार अपरिहार्य रहेको बताएका छन् । ‘चिनियाँ कम्युनिष्ट पार्टीको १०५ वर्षः ऐतिहासिक अनुभव र नेपालको विकास’ सम्बन्धी विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।