देशैभर मनसुन सक्रिय, यी प्रदेशमा आज भारी वर्षाको सम्भावना
काठमाण्डु – देशभर मनसुन सक्रिय भएको छ । जसको प्रभावले हाल कोशी, बागमती,गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारण बादल लागेको छ तथा मधेस प्रदेशमा आंशिक बादल लागेको छ । बागमती र लुम्बिनी प्रदेशका केही स्थानमा तथा कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा चट्याङ्ग सहित मध्यमसम्मको वर्षा भइरहेको छ।
