SHARE
कालिका खबर · शुक्रबार​ १९ असार २०८३ ११:३१ AM · 1 मिनेट पढाइ

अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गरिए जेल भर्ने आन्दोलन गर्छौं : धवलशम्शेर राणा

काठमाडौं । नेता धवलशम्शेर राणाले अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुनेगरी कानुन ल्याइए आफूहरू आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्। शुक्रबार पत्रकार सम्मेलनपछि सञ्चारकर्मीसँग कुरा गर्दै राणाले गणतन्त्र र संघीयताको विरोध गर्नु आफ्नो राजनीतिक अधिकार भएको उल्लेख गर्दै त्यसलाई रोक्न खोजिए लाखौंको संख्यामा जेल जान तयार रहेको बताए । उनले भने ,‘यदि राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, राजावादी, हिन्दुवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं । लाखौंको संख्यामा जेल जान तयार छौं।