SHARE
कालिका खबर · शुक्रबार​ १९ असार २०८३ ०९:४० AM · 1 मिनेट पढाइ

शिक्षामा सबैभन्दा ठूलो समस्या दलीयकरण हो : गगन थापा

काठमाडौँ : नेपाली कांग्रेसका सभापति गगन थापाले शिक्षामा दलीयकरण भएको बताएका छन्। पार्टी कार्यालयमा आयोजित एक कार्यक्रममा बोल्दै शिक्षामा दलीयकरणले सबैभन्दा ठुलो समस्या लिएर आएको बताए। उनले भने, ‘शिक्षामा राजनीति भयो भन्छौँ । शिक्षामा राजनीति भएन भन्छौँ, शिक्षामा दलीयकरण भयो । हामीलाई व्यवस्थापन समितिमा पनि आफ्नै मान्छे चाहियो, प्रधानाध्यापक पनि आफ्नै मान्छे चाहियो । त्यसको शिक्षक पनि हाम्रो मान्छे भन्ने ठाउँबाट बाहिर निस्कनुपर्‍यो । त्यो राजनीति होइन, त्यो दलीयकरण थियो । दलीयकरण बाहिर निस्कनुपर्‍यो ।