SHARE
कालिका खबर · शुक्रबार​ १९ असार २०८३ ०४:४६ AM · 1 मिनेट पढाइ

रास्वपाले सांसदहरुलाई ‘डिजिटल प्लेटफर्म’बारे अभिमुखीकरण गराउँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीलाई डिजिटल प्रणालीमा रूपान्तरण गर्ने अभियानअन्तर्गत निर्माण गरिएको ‘आरएसपीइआरएस’ नामक डिजिटल प्लेटफर्मबारे प्रतिनिधि सभा सदस्यहरूलाई अभिमुखीकरण गर्ने भएको छ । रास्वपाका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीका अनुसार पार्टी सभापति रवि लामिछानेको उपस्थितिमा आज बिहान १०ः३० बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा सांसदहरूलाई आरएसपीइआरएस प्रणालीको प्रयोग तथा साइबर सुरक्षासम्बन्धी सचेतनाबारे जानकारी दिइने जनाइएको छ । रास्वपाले बैठकपछि प्रत्येक सांसदले आफ्ना गतिविधि अनिवार्य रूपमा उक्त प्रणालीमा अद्यावधिक गर्नुपर्ने व्यवस्था गरेको छ ।