SHARE
कालिका खबर · शुक्रबार​ १९ असार २०८३ ०१:३१ AM · 1 मिनेट पढाइ

बीरगञ्जमा बढ्दो सवारी चोरी : परीक्षा दिन पुगेका विद्यार्थीको नयाँ बाइक परीक्षा केन्द्रबाटै चोरी

बीरगञ्ज, असार १८। पर्सा जिल्लामा पछिल्लो समय सवारी साधन चोरीका घटनामा उल्लेख्य वृद्धि हुन थालेपछि सर्वसाधारणमा त्रास बढ्दै गएको छ। विशेषगरी बीरगञ्ज महानगरपालिका क्षेत्रमा मोटरसाइकल चोरीका घटना लगातार बढ्न थालेका छन्। यही क्रममा सर्लाहीबाट बीरगञ्जस्थित नर्सिङ विद्यालयमा चौथो वर्षको परीक्षा दिन आएका परीक्षार्थी राहुल कुमार कुशवाहाको मोटरसाइकल परीक्षा केन्द्र परिसरबाटै चोरी भएको छ। कुशवाहाका अनुसार, आफ्नै नाममा दर्ता रहेको पल्सर २०० एनएस मोटरसाइकल परीक्षा दिइरहेका बेला अज्ञात चोरहरूको समूहले चोरी गरेको हो। उक्त मोटरसाइकल उनले करिब एक साताअघि मात्र नामसारी गराएका थिए।