SHARE
कालिका खबर · बिहीबार १८ असार २०८३ ११:४० AM · 1 मिनेट पढाइ

बजेट पुनर्लेखनको माग गर्दै मधेश प्रदेश सभामा विपक्षी दलहरुको अवरोध, बैठक स्थगित

जनकपुर । मधेश प्रदेश सभाको बैठक विहीबार दोस्रो दिन पनि अवरुद्ध भएको छ । सभामुख रामअशिष यादवले बैठक अनिश्चित कालका लागि स्थगित भएको घोषणा गरेका छन् । बैठक सुरु हुने वित्तिकै विपक्षी दलहरुले संसद अवरुद्ध गरेका थिए । जनमत पार्टीका सांसद संजय यादवले मधेश प्रदेश सरकारले १ करोड भन्दा कमको योजना नल्याउने भनेर घोषणा गरेपनि स–साना टुक्रा रेडबुकमा राखेको पाइएकाले विरोध जनाएका छन् । उनले बजेट पुनर्लेखन नभएसम्म सम्पूर्ण विपक्षी दलहरुले संसद अवरुद्ध गर्ने बताए ।