SHARE
कालिका खबर · बिहीबार १८ असार २०८३ ०२:३२ AM · 1 मिनेट पढाइ

मौलापुरमा तत्काल विजुली, पानीको भुक्तानी गर्न सरकारको नाममा सर्वोच्च अदालतको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले मौलापुरमा विजुली, पानीको भुक्तानी तत्काल दिनको लागि अन्तरिम आदेश दिएको छ । न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले आज अन्तरिम आदेश जारी गरेको हो । संजिता कुमारीसमेतले दायर गरेको सरकारविरुद्धको परमादेश प्रतिषेधसमेतको रिटमा आज सुनुवाई गर्दै सर्वोच्च अदालतले यस्तो आदेश जारी गरेको हो । मौलापुर नगरपालिकामा विगत ८ वर्षदेखि निरन्तर रुपमा सिचाईं र घरायसी मिटर समेतको महशुल नगरपालिकाले बुझाउँदै आएकोमा पछिल्लो सरकारले उक्त सुविधा अपर्झट कटौती गरेकोमा सोको विरुद्धमा अदालतमा रिट परेको थियो ।