SHARE
कालिका खबर · बुधबार १७ असार २०८३ ०४:०४ PM · 1 मिनेट पढाइ

सामाजिक सुरक्षा कोष र सञ्चय कोषका सदस्यलाई किस्टमा सहुलियतपूर्ण विशेषज्ञ उपचार

काठमाडौं। स्वास्थ्य उपचारलाई सबैका लागि सहज र पहुँचयोग्य बनाउने उद्देश्यका साथ किस्ट शिक्षण अस्पताल ले सामाजिक सुरक्षा कोष (एसएसएफ) तथा कर्मचारी सञ्चय कोष (पीएफ) अन्तर्गत आबद्ध सेवाग्राहीहरूका लागि गुणस्तरीय तथा विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको जनाएको छ। अस्पतालका अनुसार सामाजिक सुरक्षा कोष वा कर्मचारी सञ्चय कोषका सदस्यहरूले आफूलाई प्राप्त स्वास्थ्य सुविधाको पूर्ण लाभ किस्ट शिक्षण अस्पतालबाट लिन सक्नेछन्। सामाजिक सुरक्षा कोषअन्तर्गत बहिरङ्ग (ओपीडी) तथा भर्ना (आईपीडी) सेवामार्फत उपचार गराउँदा उपचार खर्चको ८० प्रतिशतसम्म सामाजिक सुरक्षा कोषले व्यहोर्ने र सेवाग्राहीले २० प्रतिशत मात्र भुक्तानी गर्नुपर्ने व्यवस्था रहेको अस्पतालले जनाएको छ।