सभामुख अर्याल र साउदी अरेबियाका राजदूतबिच शिष्टाचार भेटवार्ता
काठमाडौँ : नेपालका लागि साउदी अरेबियाका राजदूत फाहद मोहम्मद ए. मनिखले सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग शिष्टाचार भेटवार्ता गरेका छन् । बुधबार सभामुख अर्याल र राजदूत मनिखबिच भेटवार्ता भएको हो । भेटका क्रममा सभामुख अर्यालले नेपालको सङ्घीय संसद् साउदी अरेबियाको शुरा काउन्सिलसँग रचनात्मक तथा संस्थागत सहकार्य गर्न इच्छुक रहेको उल्लेख गर्दै सङ्घीय संसद्को हालैको निर्णयअनुसार नेपाल–साउदी अरेबिया संसदीय मैत्री समूह गठन भएको जानकारी गराएका छन्। उक्त समूहले दुवै देशका संसदबिच पारस्परिक हितका विषयमा सहकार्यलाई थप प्रभावकारी बनाउने विश्वास उनले व्यक्त गरे ।
