SHARE
कालिका खबर · बुधबार १७ असार २०८३ ०८:४० AM · 1 मिनेट पढाइ

उत्तरी ग्रिसमा डढेलोले परेर २ जनाको मृत्यु

एथेन्स । उत्तरी ग्रिसकाे जंगलमा लागेकाे भीषण डढेलोमा परेर एउटा घर पूर्ण रूपमा जलेर नष्ट हुँदा २ जनाको मृत्यु भएको छ । घटनामा एक महिला घाइते भएकी छिन् । अग्नि नियन्त्रण निकायका अनुसार मंगलबार दिउँसो झाडी क्षेत्रमा सुरु भएको आगो तीव्र हावाका कारण छिट्टै फैलिएको थियो । त्यसपछि आगो थेसालोनिकी सहरबाट करिब २५ किलोमिटर टाढा रहेको लिटी गाउँ नजिकको वन क्षेत्रमा रहेको बस्तीसम्म पुगेको थियो । अग्नि नियन्त्रकहरूले आगो निभाउने क्रममा घरबाहिर एक पुरुषको शव फेला पारेका थिए । त्यसपछि जलेर ध्वस्त भएको घरभित्र अर्को व्यक्तिको शव भेटियो ।