सुन र चाँदीको मूल्यमा सामान्य गिरावट
काठमाडौँ । नेपाली बजारमा आज (बुधबार) सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरण अनुसार सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले घटेको हो । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ७७ हजार ३०० रुपैयाँ कायम भएको छ। यसअघि मंगलबार सुन प्रतितोला २ लाख ७७ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, आज १० ग्राम सुनको मूल्य २ लाख ३७ हजार ७४० रुपैयाँ तोकिएको छ, जुन अघिल्लो दिन २ लाख ३८ हजार २५५ रुपैयाँ रहेको थियो।
