SHARE
कालिका खबर · बुधबार १७ असार २०८३ ०४:३६ AM · 1 मिनेट पढाइ

इक्वेडरलाई हराउँदै मेक्सिको विश्वकपको अन्तिम १६ मा

काठमाडौं । फिफा विश्वकप फुटबलअन्तर्गत अन्तिम ३२ को खेलमा मेक्सिकोले इक्वेडरलाई २–० गोल अन्तरले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएको छ । मेक्सिकोले खेलको पहिलो हाफमै दुवै गोल गरेको हो । खेलको २२ औं मिनेटमा मेक्सिकोका जुलियन किनोनेसले पहिलो गोल गरेका थिए । त्यसको नौं मिनेटपछि ३१ औं मिनेटमा राउल जिमिनेजले गोल गर्दै मेक्सिकोलाई २–० को अग्रता दिलाएका थिए । दोस्रो हाफमा इक्वेडरले गोल फर्काउने प्रयास गरे पनि मेक्सिकन रक्षापङ्क्ति र गोलरक्षकले कुनै अवसर सफल हुन दिएनन् । खराब मौसमका कारण मेक्सिको र इक्वेडरबीचको खेल ढिला सुरु भएको थियो ।