मौलापुरका प्रशासकीय अधिकृत वेपता भएपछि सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता अधिकारी भन्छन्, ‘हेलचेक्रयाई गर्ने कर्मचारीलाई कारबाही हुन्छ’
काठमाडौं । रौतहटको मौलापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत (उपसचिव) सुरेशबाबु घिमिरे बेपता भएका छन । तीनमहिना (९० दिन) देखी मौलापुरमा कार्यरत घिमिरे २० दिनभन्दा बढी कार्यालयमा हाजिर भएका छैनन् । अधिकांश समय कार्यालय बाहिर घुमफिरमा रमाउने घिमिरेले भुमी व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावललाई नै मिलाएर मौलापुरमा आएकाले सधै कार्यालय गइराख्नु नपर्ने भन्दै कार्यालय जादैनन् । अहिले विकास निर्माणका कार्यलाई तिब्रता दिनुपर्ने समयमा प्रमुख प्रशासकीय अधिकृत बेपता भएपछि स्थानीयले गुनासो पोख्न थालेका छन् । स्थानीय सेवाग्राहीले ‘हाकीम साहेब खोई’ भन्दै घिमिरेलाई खोजी गरिरहेका छन् ।
