SHARE
कालिका खबर · मङगलबार १६ असार २०८३ ०६:३५ AM · 1 मिनेट पढाइ

आर्मोन कार्की ब्लाईण्ड अडिसन राउण्डबाट नेक्स्ट राउण्डमा

काठमाण्डौ । आर्मोन कार्की द भ्वाईस किड्स सिजन ५ को ब्लाईण्ड अडिसन राउण्डबाट पार गरी नेक्स्ट राउण्डमा पुगेका छन । उनले देशभावले ओतप्रेत स्वर सम्राट नारायण गोपाल द्धारा गायिएको गित “विरताको चिनो विरको संतान” गीत गाएर उपस्थित सबैलाई मन्त्रमुग्ध बनाएका थिए । उनले प्रस्तुत दिरहँदा निकै रोमाञ्चित बनीरहेका कोचहरु मिलन नेवार र अर्जुन सापकोटाले बेल बजाउँदै कुर्ची फर्काएका थिए । उनले टिम रोज्ने व्रmममा मिलन नेवारलाई सरी म्याम भन्दै टिम अर्जुन सापकोटा रोजेका थिए । उनका स्वर र प्रस्तुतीको सबै कोचहरुले खुलेरै प्रशंसा गरेका थिए ।