SHARE
गोरखापत्र · मङगलबार १६ असार २०८३ ११:३८ AM · 1 मिनेट पढाइ

कैलालीका किसानलाई वर्षाले राहत

अविनाश चौधरीधनगढी, असार १६ गते । खडेरीका कारण रोपाइँ गर्न र रोपाइँ गरिएको धान जोगाउन समस्या भोग्दै आएका कैलालीका किसानलाई लामो पर्खाइपछि वर्षाले राहत दिएको छ ।