किसानलाई राहत प्याकेजसहित पेन्सन दिन सरकारसंग आजपा अध्यक्ष प्रभु साहको माग
रौतहट । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले किसानलाई पेन्सनको व्यवस्था गर्नुपर्ने मा सरकारसंग गरेका छन् । मानो रोपेर मुरी फलाउने किसानहरुलाई यतिबेला रासायनिक मलको चरम अभाव र महँगीका कारण पीडित भइरहेकाले यथासिघ्र किसानका लागि राहत प्याकेजका साथै पेन्सनको व्यवस्था गर्नुपर्ने उनले बताएका छन् । राष्ट्रिय धान दिवसको विशेष अवसरमा आज किसानलाई शुभकामना दिदै आजपा अध्यक्ष साहले किसानलाई पेन्सन दिनुपर्ने माग सरकारसंग गरेका हुन् । ‘राष्ट्रिय धान दिवसको विशेष अवसरमा सम्पूर्ण किसान दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछूँ।
