SHARE
कालिका खबर · सोमबार १५ असार २०८३ ११:१५ AM · 1 मिनेट पढाइ

प्रशंसा डोजोको २३ औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न

प्रकाश समीर काठमाडौं। कलंकीस्थित जापान कराते दो गोजुरियो ओसिकाई संघ नेपाल अन्तर्गतको प्रशंसा डोजोले आफ्नो स्थापना दिवसको २३औँ वार्षिकोत्सव आन्तरिक कराँते प्रतियोगिता, पुरस्कार वितरण तथा केक काटेर भव्य रूपमा सम्पन्न गरेको छ। नेपाल कराँते महासंघका उपाध्यक्ष, जापान कराते दो गोजुरियो ओसिकाई संघ नेपालका प्रमुख प्रशिक्षक तथा संस्थापक महासचिव डा.ओमकृष्ण प्रसाईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि प्रसाईंले स्थानीय तहबाट कराँते खेलको विकासमा प्रशंसा डोजोले पुर्‍याएको योगदान प्रशंसनीय रहेको बताउनु भयो । उहाँले यस्ता गतिविधिले राष्ट्रिय स्तरका खेलाडी उत्पादनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वाससमेत व्यक्त गर्नुभयो ।