कार्यसम्पादनमा कमजोर तीन मन्त्री फेर्ने तयारी
काठमाण्डु– मन्त्रिमण्डल पुनर्गठन गर्ने तयारी भइरहेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकार गठन गरेको सय दिन पुग्नै लाग्दै कार्य सम्पादन कमजोर भएका मन्त्री हटाउने तयारी गरेको उच्च स्रोतले जनाएको छ । तर यसबारे प्रधानमन्त्री बालेन्द्र साह र सभापति लामिछानेबीच छलफल भने भएको छैन ।
