भारतमा नागरिकताको प्रमाण के ?
काठमाण्डु – भारतमा नागरिकताको प्रमाण केलाई मान्ने भन्ने विषयमा नयाँ राजनीतिक र कानुनी बहस सुरु भएको छ । भारतीय विदेश मन्त्रालयले हालै राहदानी अर्थात् पासपोर्टलाई ‘यात्रा दस्तावेज मात्र हो, नागरिकताको प्रमाण होइन’ भनेर दिएको स्पष्टीकरणले नागरिकताको प्रमाण कसलाई मान्ने भन्ने विषयमा बहस सुरु भएको हो ।
