विश्वकप फुटबल : दक्षिण अफ्रिकालाई पराजित गर्दै क्यानडा पहिलोपटक प्रि-क्वार्टरफाइनलमा पुग्यो
काठमाण्डु – दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा फिफा विश्वकप फुटबल २०२६ को अन्तिम १६ (प्रि–क्वार्टरफाइनल)मा प्रवेश गरेको छ । अमेरिकाको लस एन्जलस रङ्गशालामा सोमबार बिहान भएको पहिलो नकआउट खेलमा दक्षिण अफ्रिकालाई १–० गोलअन्तरले पराजित गर्दै क्यानडा प्रिक्वार्टरफाइनलमा प्रवेश गरेको हो । क्यानडाका लागि स्टेफेन युस्टाकियोले निर्णायक गोल गरे ।
