SHARE
कालिका खबर · आइबार​ १४ असार २०८३ ०१:५५ PM · 1 मिनेट पढाइ

साधारण सभाका अवसरमा निवर्तमान अध्यक्ष खनाल सम्मानित

प्रकाश समीर काठमाडौं। राष्ट्रिय लोक दोहोरी व्यवसायी संघले आफ्नो साधारणसभाका बीच निवर्तमान अध्यक्ष गुणराज खनाल सम्मानित गरेको छ । खनाल हालै होटल व्यवसायी महासंघको केन्द्रीय सदस्यमा निर्वाचित भएको सन्दर्भमा संघले सम्मान गरेको हो । संघको स्थापना र संस्थागत विकासमा पुर्‍याएको उल्लेखनीय योगदानकोसमेत कदर गर्दै संघको सातौं वार्षिक साधारण सभा–२०८३ का अवसरमा उनलाई विशेष सम्मान प्रदान गरिएको महासचिव नन्दु घर्ति मगरले जानकारी दिए ।