SHARE
कालिका खबर · आइबार​ १४ असार २०८३ १२:४१ PM · 1 मिनेट पढाइ

कागेश्वरी मनोहराबाट राष्ट्रिय युवा सङ्घ नेपालको एकमहिने वृक्षारोपण अभियान शुभारम्भ

काठमाडौं । राष्ट्रिय युवा संघ नेपालले राष्ट्रिय वृक्षारोपण दिवस तथा ७५औँ मदन जयन्तीको अवसरमा सञ्चालन गर्ने एकमहिने बृहत् वृक्षारोपण अभियान कागेश्वरी मनोहरा नगरपालिका–१, गागलबाट शुभारम्भ गरेको छ। नेकपा (एमाले)का नेता विशाल भट्टराईको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा वडा अध्यक्ष मुकुन्द गजुरेल, वडा नं. १ का आमा समूह, स्थानीय जनप्रतिनिधि, राष्ट्रिय युवा संघका नेता–कार्यकर्ता तथा स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको थियो। अभियानको शुभारम्भसँगै करिब ७०वटा विभिन्न प्रजातिका फलफूल तथा अन्य बिरुवा रोपिएको आयोजकले जनाएको छ।