SHARE
कालिका खबर · आइबार​ १४ असार २०८३ १०:४५ AM · 1 मिनेट पढाइ

झलनाथको प्रश्न–महाकाली सन्धीले हामीलाई के दियो ?

काठमाडौँ : नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले महाकाली सन्धी गर्नु गलत भएको बताएका छन्। मदन भण्डारी फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन्। उनले महाकाली सन्धीबाट नेपालले अपेक्षित उपलब्धि हासिल गर्न नसकेको स्पष्ट पारे। महाकाली सन्धीले बदनाम बाहेक केही नदिएको उनको टिप्पणी छ। उनले महाकाली र एमसीसी सम्झौताको उपलब्धी शून्य रहेको उल्लेख गरे। उनले मदन भण्डारीको सक्रियता कारण टनकपुर सम्झौता रोकिएको स्मरण गर्दै भण्डारीले अघि सारेको राष्ट्रियताको धारलाई निरन्तरता दिन नसकेको कारण महाकाली सन्धी हुन पुगेको बताए। उनले भने, ‘मदन भण्डारी असाध्यै देशभक्त हुनुहुन्थ्यो।