SHARE
मकालु खबर · आइबार​ १४ असार २०८३ १०:२५ AM · 1 मिनेट पढाइ

नेपालगञ्ज-दिल्ली उडानका लागि प्रयास गर्न आग्रह

नेपालगन्ज । यहाँका पर्यटन व्यवसायीले नेपालगन्ज–दिल्ली सिधा उडानका लागि प्रयास गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलसमक्ष अनुरोध गरेका छन् । नेपालगन्ज विमानस्थलको अनुगमनमा आएका मन्त्री पौडेलसँग पर्यटन व्यवसायीले अधिकभन्दा अधिक पर्यटक नेपाल भित्र्याउन नेपालगञ्ज र नयाँदिल्ली हवाई मार्गबाट जोडिन अपररिहार्य भएको बताएका हुन् ।