ईभीमा आगलागी हुँदा चितवनमा चालकको मृत्यु
चितवन । भरतपुर महानगरपालिका–९ स्थित पूर्व–पश्चिम राजमार्गमा विद्युतीय कार (ईभी) मा आगलागी हुँदा चालकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार शुक्रवार बिहान बा.प्र.०१–०३० च ५५७९ नम्बरको विद्युतीय कारमा अचानक आगलागी भएको हो। आगलागीबाट कार पूर्ण रूपमा जलेर नष्ट भएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
