किङ कोब्राको उद्धारमा सक्रिय बाबुछोरा
हेटौँडा । “बाबु, पहिला किङ कोब्रा सुरक्षित उद्धार गर, अनि बल्ल मलाई हेर्न अस्पताल आउ ।” गत जेठ १९ गते मकवानपुरको बकैया र बागमती गाउँपालिकाको सीमावर्ती देउडी डाँडामा किङ कोब्रा उद्धार गर्ने क्रममा तिघ्रामा डसेपछि हेटौँडा अस्पतालतर्फ लाग्दै गर्दा सर्प उद्धारकर्ता राजेश थापाले छोरा रोशनलाई यति भनेका थिए । बुबालाई डसेको सर्प त्यहीँ थियो ।
