SHARE
कालिका खबर · आइबार​ १४ असार २०८३ ०७:४३ AM · 1 मिनेट पढाइ

लोकप्रियताको आडमा गणतन्त्रमाथि षड्यन्त्र भइरहेको छ : सांसद दुलाल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सांसद युवराज दुलालले लोकप्रियताको आवरणमा गणतान्त्रिक व्यवस्थामाथि प्रहार गर्ने प्रयासभएको भन्दै यसप्रति नेकपा गम्भीर र सचेत रहेको बताएका छन्। आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले जनमतको शक्तिलाई प्रयोग गर्दै गणतन्त्रको संरचनालाई कमजोर बनाउने कपटपूर्ण गतिविधि बढिरहेको भन्दै त्यसप्रति सबै लोकतान्त्रिक शक्तिहरू सतर्क हुनुपर्ने धारणा राखे। उनले भने,‘लोकप्रियताको सुन्दर घुम्टोले, जनमत जितेको शक्तिले हाम्रो गणतन्त्रको संरचनालाई जिस्क्याइ–जिस्क्याइ सेभोटेज गर्न बढ्दै गएको कपट र षड्यन्त्रप्रति हामी गम्भीर र सचेत छौं।’ दुलालले आफ्नो पार्टीको संसदीय उपस्थिति सानो भए पनि विचारका हिसाबले आफूहरू बलियो रहेको दाबी गरे।