दक्षिणकालीमा पिकअप दुर्घटना हुँदा घाइते भएका चालकको मृत्यु
काठमाडौँ । मकवानपुरबाट काठमाडौँ आउँदै गरेको पिकअप दुर्घटना हुँदा गम्भीर घाइते भएका चालकको उपचारको क्रममा मृत्यु भएको छ । शुक्रबार मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ घारखोल्सा स्थित दक्षिणकाली सडक खण्डमा पिकअप दुर्घटना हुँदा चालक मुकुन्द झ्यारी मगर गम्भीर घाइते भएका थिए । उपचारको क्रममा ४५ वर्षीय झ्यारी मगरको आइतबार बिहान आज ललितपुरस्थित पाटन अस्पतालमा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । शुक्रबार बिहान साढे ६ बजेतिर बागमती प्रदेश ०१–०२६ च ५५९९ नम्बरको पिकअप अनियन्त्रित भएर सडकबाट १५० मिटर तल खसेको थियो ।
