ओली, प्रचण्ड, नेपाल र खनाल आज एउटै मञ्चमा
काठमाडौं : आज चार पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल र झलनाथ खनाल एउटै मञ्चमा उपस्थित हुने भएका छन् । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी प्रमुख अतिथि रहने गरी मदन भण्डारी फाउन्डेसनले आयोजना गर्ने कार्यक्रममा चार पूर्वप्रधानमन्त्री एकसाथ अतिथिका रूपमा सहभागी हुने भएका हुन् । मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा फाउन्डेसनले आइतबार (असार १४) राष्ट्रिय सभागृहमा ‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक राष्ट्रिय गोष्ठीसहितको विशेष समारोहमा आयोजना गर्दै छ । जसमा उनीहरू सहभागी हुन लागेका हुन् ।
