वर्ल्ड गेम्स खेल्न असार २१ गते फ्रान्स प्रस्थान गर्दै स्वतिश्री स्पोर्ट्स एकेडेमी
काठमाडौं । नेपालको युवा फुटबलका लागि गौरवको अवसर सिर्जना गर्दै स्वतिश्री स्पोर्ट्स एकेडेमीको टोली असार २१ गते, आइतबार फ्रान्सको पेरिस प्रस्थान गर्ने भएको छ । टोलीले जुलाई ६ देखि ११ सम्म आयोजना हुने प्रतिष्ठित पेरिस विश्व खेल – २०२६ (Paris World Games – 2026)अन्तर्गत ७-ए-साइड फुटबल प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने छ। विश्वका विभिन्न देशका युवा टोलीहरू सहभागी हुने यस प्रतियोगितामा नेपाली टोलीले अन्तर्राष्ट्रिय प्रतिस्पर्धामार्फत आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर पाउने छ । विदेशी टोलीसँगको प्रतिस्पर्धाले खेलाडीहरूको अनुभव र आत्मविश्वास अझ बढाउने विश्वास गरिएको छ ।
