६ दिनदेखि दृष्टिविहीनहरू धर्नामा, सरकारको ध्यानाकर्षण नभएको गुनासो
काठमाडौँको माइतीघर मण्डलामा दृष्टिविहीनहरूले सुरु गरेको आन्दोलन छैटौँ दिनमा पनि जारी रहेको छ । आफ्ना मागहरूप्रति सरकारको ध्यानाकर्षण गराउन ६ दिनदेखि धर्नामा बसेका प्रदर्शनकारीहरूले राज्यको मौनताप्रति असन्तुष्टि व्यक्त गरेका हुन् । धर्नामा सहभागी दृष्टिविहीन सूर्य लिम्बूले सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन र आन्तरिक व्यस्तताका कारण सरकारले आफूहरूको आवाज नसुनेको हुनसक्ने टिप्पणी गरे ।
