SHARE
पर्दाफास · आइबार​ १० साउन २०८३ ०३:५१ PM · 1 मिनेट पढाइ

भारतको सहयोगमा डोटीमा केदार सूर्य बहुमुखी क्याम्पसको भवन निर्माण

भारत सरकारको सहयोगमा डोटीमा केदार सूर्य बहुमुखी क्याम्पसको भवन निर्माण गरिएको छ । बडीकेदार गाउँपालिका स्थित केदार सूर्य बहुमुखी क्याम्पसको नयाँ भवन निर्माण गरिएको हो। उच्च प्रभाव सामुदायिक विकास परियोजना अन्तर्गत निर्माण गरिएको क्याम्पस भवनको काठमाडौँस्थित भारतीय राजदूतावासका प्रथम सचिव बशिष्ट नन्दन र बडीकेदार गाउँपालिकाका अध्यक्ष भैरव बहादुर साउदले संयुक्त रूपमा उद्घाटन गरेका छन्।