संवैधानिक राजसंस्था र सनातन हिन्दु राष्ट्रको पक्षमा सडक आन्दोलन गर्ने तयारी
प्रजातान्त्रिक पार्टी नेपालले संवैधानिक राजसंस्था, वैदिक सनातन हिन्दु राष्ट्र, स्वायत्त शासन प्रणाली र भ्रष्टाचारमुक्त शासन व्यवस्थाको माग गर्दै भदौको अन्तिम सातादेखि सडक आन्दोलनमा उत्रिने तयारी गरेको छ । आइतबार राजधानीमा बसेको पार्टीको कार्यसम्पादन समितिको बैठकले आन्दोलनको तयारी गर्ने निर्णय गरेको हो ।
