SHARE
पर्दाफास · शनिबार १३ असार २०८३ ०८:५२ AM · 1 मिनेट पढाइ

भारतीय दूतावासद्वारा दोस्रो संस्करणको ‘इन्डियन एम्बेसेडर्स क्रिकेट प्रतियोगिता’ सुरु

नेपालस्थित भारतीय दूतावासको आयोजनामा दोस्रो संस्करणको इन्डियन एम्बेसेडर्स क्रिकेट प्रतियोगिता सुरु भएको छ। असार १२ देखि १४ गते (जुन २६–२८) सम्म सञ्चालन हुने प्रतियोगितामा आठ टोलीले टी–२० ढाँचामा प्रतिस्पर्धा गर्नेछन्। खेलहरू कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान र मूलपानी क्रिकेट मैदानमा आयोजना भइरहेका छन्।