SHARE
मकालु खबर · शनिबार १३ असार २०८३ ०७:२१ AM · 1 मिनेट पढाइ

मण्डला थिएटरमा नाटक ‘इजलास जारी छ’ मञ्चन हुँदै

काठमाडौँ। मण्डला थिएटर, थापा गाउँमा असार १९ गतेदेखि नाटक ‘इजलास जारी छ’ मञ्चन हुने भएको छ। मराठी साहित्यकार विजय तेन्दुलकरको चर्चित कृतिमा आधारित यस नाटकको नेपाली भावानुवाद विजय विस्फोट (जे.बी. देउजा) ले गरेका हुन् भने निर्देशन गुञ्जन दीक्षितले गरेका छन्।