प्रतिनिधि सभाको बैठक आइतबारका लागि सारियो
काठमाडौं । प्रतिनिधि सभाको बैठक आइतबारको लागि सारिएको छ। यसअघि प्रतिनिधि सभाको बैठक असार १३ गते शनिबार बिहान ११ बजे बस्ने तय गरिएको थियो। तर विशेष कारणवश उक्त समयमा बैठक बस्न नसक्ने भएपछि बैठक आइतबारका लागि सारिएको हो। प्रतिनिधि सभा नियमावली, २०८३ को नियम ६ को उपनियम (३) बमोजिम सभामुखले अब प्रतिनिधि सभाको बैठक असार १४ गते आइतबार बिहान ११ बजे बस्ने गरी नयाँ मिति निर्धारण गरेका हुन्। यसअघि सभामुख डोल प्रसाद अर्यालले रास्वपा महाधिवेशनका कारण बैठक शनिबारका लागि सारेका थिए।
