SHARE
मकालु खबर · शनिबार १३ असार २०८३ ०४:२७ AM · 1 मिनेट पढाइ

खाडीबाट फर्केर गाईपालनबाट मासिक दुई लाख आम्दानी

पर्वत । रोजगारीका लागि आठ वर्षसम्म खाडीमुलुक साउदी अरब बसे पनि भनेजस्तो कमाई गर्न नसकेपछि घर फर्किएर व्यावसायिक गाईपालन गरेका पर्वतका एक युवाले मासिक रु दुई लाखभन्दा बढी आम्दानी गर्दै आएका छन् । पर्वतको जलजला गाउँपालिका–८ फर्सेका ४५ वर्षीय नारायण जिसीले स्वदेशमै बसेर मासिक रु दुई लाखभन्दा बढी आम्दानी गर्न सफल भएका हुन् ।