SHARE
मकालु खबर · शनिबार १३ असार २०८३ ०४:४० AM · 1 मिनेट पढाइ

म्यानमारद्वारा ६० करोड अमेरिकी डलरभन्दा बढी मूल्यको लागुऔषध नष्ट

एजेन्सी । ३९ औं अन्तर्राष्ट्रिय लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको दिवसका अवसरमा म्यानमार सरकारले देशभरबाट जफत गरिएका ठूलो परिमाणको लागुऔषध र प्रतिबन्धित रसायनहरू नष्ट गरेको छ । शुक्रवार देशका प्रमुख सहरहरू याङ्गुन, मण्डले र ताउङ्गीमा आयोजित विशेष समारोहका बीच ती सामग्रीहरू नष्ट गरिएको हो ।