SHARE
मकालु खबर · शनिबार १३ असार २०८३ ०३:३० AM · 1 मिनेट पढाइ

बाथरोग उपचार क्लिनिक बन्द

चितवन । चितवनको भरतपुर–१०स्थित नेशनल बाथरोग सेन्टरका नामबाट सञ्चालन गरिएको भरतपुर मेट्रो क्लिनिक बन्द गरिएको छ । शुक्रबार प्रमुख जिल्ला अधिकारी गणेश अर्यालसहित अनुगमनमा पुगेको स्वास्थ्य कार्यालय चितवन र भरतपुर महानगरपालिका स्वास्थ्य शाखाको टोलीले क्लिनिक बन्द गरेको हो ।