SHARE
मकालु खबर · शनिबार १३ असार २०८३ ०३:५९ AM · 1 मिनेट पढाइ

टर्कीको पटाका कारखानामा विष्फोटः एकको मृत्यु, एक घाइते

एजेन्सी । मध्य टर्कीको निगडे प्रान्तस्थित एक पटाका कारखानामा शुक्रवार भएको विष्फोटमा परी एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । निगडे गभर्नरको कार्यालयलाई उद्धृत गर्दै इहलास न्युज एजेन्सीले जनाएअनुसार बोर जिल्लाको केमेरहिसार सहरमा अवस्थित येर्तास पटाका कारखानामा स्थानीय समयअनुसार दिउँसो करिब ४ बजे विष्फोट भएको थियो ।