भूकम्प प्रभावित भेनेजुएलाको उद्धारका लागि स्पेनद्वारा ५४ सदस्यीय आपत्कालीन टोली परिचालन
एजेन्सी । भेनेजुएलामा गएको विनाशकारी भूकम्पपछि खोजी तथा उद्धार कार्यमा सहयोग पुर्याउन स्पेन सरकारले ५४ सदस्यीय सैन्य आपत्कालीन टोली (यूएमई) पठाएको छ । स्पेनको रक्षा मन्त्रालयले बिहीबार उक्त टोलीलाई भेनेजुएला प्रस्थान गराउने निर्णय गरेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । भेनेजुएलामा हालै ७.२ र ७.५ म्याग्निच्युडका दुई शक्तिशाली भूकम्प गएका थिए ।
