SHARE
मकालु खबर · शनिबार १३ असार २०८३ ०२:२२ AM · 1 मिनेट पढाइ

साहित्यकार कोइरालाद्वारा काठमाडौँ बाल अस्पताललाई आर्थिक सहयोग

काठमाडौं । साहित्यकार रामप्रसाद कोइरालाले काठमाडौँ बाल अस्पताललाई एक करोड ५० लाख आर्थिक सहयोग गरेका छन् । साहित्यकार कोइरालाको उपन्यास ‘मेरी, उनी र म’ उपन्यासको दोस्रो संस्करणको शुक्रबार विमोचन समारोहमा उनले काठमाडौँ बाल अस्पतालको इएनटी सेवा स्थापनाको लागि उक्त रकम सहयोग गरेका हुन् ।