फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको विजेता
काठमाडौं । उसमान डेम्बेको ह्याट्रिकमा फ्रान्सले नर्वेलाई पराजित गर्दै फिफा विश्वकप २०२६ अन्तर्गत समूह आइको विजेता बन्दै नकाउट चरणमा पुगेको छ । अमेरिकाको बोस्ट्न स्टेडियममा सम्पन्न समूहको अन्तिम खेलमा नर्वेलाई ४–१ ले पराजित गर्दै फ्रान्स समूह विजेता बनेको हो । फ्रान्सको लगातार यो तेस्रो जित हो ।
