SHARE
मकालु खबर · शनिबार १३ असार २०८३ १२:५० AM · 1 मिनेट पढाइ

दुई पटक मात्र विश्व विजेता, तर जर्सीमा चार ताराः उरुग्वेको अनौठो इतिहास

काठमाडौं। फिफा विश्वकप २०२६ मा मैदान उत्रिँदा उरुग्वेका खेलाडीको जर्सीमा देखिएका चार ताराले धेरै फुटबल समर्थकको ध्यान खिच्यो। दुई पटक मात्र विश्वकप जितेको टोलीको जर्सीमा चार तारा किन भन्ने प्रश्न धेरैको मनमा पक्कै उठेको होला। उरुग्वेले आधिकारिक रूपमा सन् १९३० र १९५० मा गरी दुई पटक मात्र फिफा विश्वकपको उपाधि जितेको छ।