SHARE
मकालु खबर · शुक्रबार​ १२ असार २०८३ ०४:५७ PM · 1 मिनेट पढाइ

प्रतिनिधिसभाका सांसदलाई ‘संसदीय प्रक्रिया र अभ्यास’सम्बन्धी अभिमुखीकरण

काठमाडौं । सङ्घीय संसद् सचिवालयले प्रतिनिधिसभा सदस्यका लागि ‘संसदीय प्रक्रिया र अभ्यास’सम्बन्धी दुईदिने अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ । सो कार्यक्रम यही असार १५ र १६ गते सिंहदरबारस्थित सङ्घीय संसद् भवनको निर्माणाधीन उत्तरपश्चिमको सभाहलमा हुनेछ । सचिवालयअन्तर्गतको संसदीय प्रशिक्षण शाखाले आज सूचना जारी गर्दै उक्त अभिमुखीकरणमा उपस्थित हुन प्रतिनिधिसभा सदस्यहरुलाई आग्रह गरेको छ ।