प्रयाङ्कको नाममा दुर्व्यवहार गर्ने तीन जना पक्राउ
सामाजिक सञ्जालमा मधेशी मूलका जस्तो देखिने एक व्यक्तिलाई प्रयाङ्क भनेर दुर्व्यवहार गरिएको भिडियो सार्वजनिक गरी साम्प्रदायिक घृणा तथा द्वेष फैलाएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार जिवन ओली नामक फेसबुक पेजमार्फत उक्त भिडियो सामग्री तयार गरी सामाजिक सञ्जालमा प्रसारण गरिएको थियो।
