SHARE
मकालु खबर · शुक्रबार​ १२ असार २०८३ ०३:१९ PM · 1 मिनेट पढाइ

रविको प्रतिवद्धताः थप परिपक्व हुन मिहेनत गर्छु

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले समयसँगै आफू थप परिपक्क हुँदै जाने प्रतिवद्धता जनाएका छन् । आज चितवनमा सभापतिको शपथ ग्रहण समारोहमा बोल्दै उनले परिस्थितिले आफूलाई अपरिपक्व हुन छुट नदिएको बताए । उनले देशले आफ्नो पार्टीलाई आशा र भरोसा गरेकाले अझै धेरै मिहेनत गर्नुपर्ने बताए ।